सिङ्गापुरको समुद्रमा पानीजहाजबाट तेल चुहिएपछि समुद्री आरक्ष खतरामा

 असार २, २०८१ आइतबार १८:३४:२६ | एजेन्सी
unn.prixa.net

सिङ्गापुरको दक्षिणी समुद्रमा एक मालवाहक पानीजहाजबाट तेल चुहिएपछि समुद्री आरक्ष नै खतरामा परेको छ ।

सिङ्गापुरको दक्षिणी बन्दरगाह पासिर पन्जङमा अस्ति शुक्रवार दिउँसो नेदरल्यान्ड्सकाे झण्डा बोकेको जहाजले सिङ्गापुरको झण्डा बोकेका मालवाहक जहाजलाई ठक्कर दिँदा समुद्रकाे पानीमा तेल खसेको थियो ।

अधिकारीहरूले अहिले इन्धन सफा गर्ने प्रयासलाई तीव्र बनाए पनि सफल हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ । जहाजको लाखौँ लिटर तेल चुहिएर सेन्टोसा, ल्याब्राडोर प्रकृति रिजर्भ, दक्षिणी द्वीप, मरीना पियर र पूर्वी तटमा फैलिएको छ ।

चार लाख वर्ग मिटरको समुद्री संरक्षित क्षेत्र सिस्टर आइल्यान्ड्स मरिन पार्कको आसपासको पानीमा पनि तेल तैरिएको छ । तेल चुहावटले ठूलो वातावरणीय प्रभाव पर्ने खबरमा उल्लेख छ । तत्कालका लागि माछा मरेर पानीमा तैरिएको देखिएको र यसको दीर्घकालीन प्रभाव ठूलो हुने सिङ्गापुरका सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया