पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडक खण्ड बन्द

 असार ३, २०८१ सोमबार ७:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पृथ्वी राजमार्गको मुग्लिन मलेखु सडकखण्ड बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोलाको बिचमा पहिरो खसेपछि बिहानदेखि राजमार्ग बन्द भएको हो । सडक निर्माणका क्रममा खनेका ठाउँमा पहिरो खस्दा राजमार्गमा गाडी चल्न सकेका छैनन् ।

गाडी र यात्रु बीच बाटोमै रोकिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया