राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले पठायो १८ जिल्लामा उपसचिव

 असार ३, २०८१ सोमबार ९:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाएको छ। मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनको क्रममा रहेका उपसचिवलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि विभिन्न १८ जिल्लामा खटाएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।

गृहसचिवस्तरीय निर्णयबाट उहाँहरुलाई जिल्लामा खटाइएको हो । सम्बन्धित जिल्लामा खटिएका उपसचिवले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिँदा समेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि अहिले जिल्लामा सेवाग्राहीको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौटलगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा सेवाग्राहीको अत्यधिक भिडभाड हुन पुगेपछि कार्यालयको काम कारबाही व्यवस्थापन गर्न समस्या परिरहेको गुनासो छ ।

यो गुनासोपछि उपसचिवलाई सहजीकरणका लागि जिल्लामा खटाइएको गृहसचिव एकनारायण अर्यालले बताउनुभयो ।     

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया