ओलको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या घट्दै

 असार ३, २०८१ सोमबार १२:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्यालगायत कारण ओलको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिए पनि व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको हो ।

विभिन्न पौष्टिक तत्त्व हुने ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । मल धेरै नचाहिने र रोगकिराको पनि जोखिम हुँदैन । तर बीउ नपाउने समस्या मुख्य छ । यसै कारण किसानले ओल खेतीको विस्तार गर्न नसकेका किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता बताउनुहुन्छ ।

ओल भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिन्छ । माटोमुनि फल्ने कन्दमूलका रूपमा चिनिने ओल वर्षायाम अर्थात् असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । तराई क्षेत्रमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्त्वपूर्ण स्थान छ ।

पर्याप्त बीउ नपाएका कारण किसानलाई चाहेअनुसार बीउ बाँड्न नसकेको सुनसरीको हरिनगर गाउँपालिकाको कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ । भारतमा उत्पादन भएका ओल सस्तो मूल्यमा नेपालको बजारमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न पनि कठिन छ ।

ओल खेतीका विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौती रहेको बताउनुभयो । पहिले व्यावसायिक रूपमा कोशी प्रदेशको सुनसरी, मोरङसहित तराईका जिल्लामा खेती गर्ने गरेको भए पनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती हुने गरेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया