६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ, नेपाली नागरिकता पनि भेटियो

 असार ३, २०८१ सोमबार १५:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट नेपाली नागरिकता र भारतीय आधार कार्ड पनि बरामद गरेकाे छ ।काठमाण्डाैकाे बौद्धबाट पक्राउ परेका गुरुङले आफू चिनियाँ नागरिक रहेको बताएका छन् । तर गुरुङसँग चिनियाँ नागरिक भएको खुल्ने कागजात नभेटिएको र उनका नाममा मुस्ताङ जिल्लाबाट नेपाली नागरिकता जारी भएको पाइएको एसपी बोगटीले बताउनुभयो ।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीकै व्यक्ति रहेको सीआईबीले जनाको छ । तर कपनबाट अहिले बरामद भएको सुन यसअघिको ६० किलो प्रकरण र विद्युतीय चुरोट (भेप) मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।

सीआईबीले अहिले भेपमार्फत तस्करी भएको नाै किलो सुन र राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । दुई वटा प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया