माेरङकाे ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारकाे निधन

 असार ३, २०८१ सोमबार १८:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । ५६ वर्षीय गच्छदारको आज दिउँसो निवासमै निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गएको माघ १० गते राष्ट्रिय सभा चुनावका लागि विराटनगर आउनुभएका अध्यक्ष गच्छदार लडेर अचेत हुनुभएको थियो । त्यसपछि उहाँलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा गएको जेठ १ गते घर लगिएको थियो ।

अध्यक्ष गच्छदारलाई ‘ब्रेन ह्याम्रेज’ भएको डाक्टरले बताएका छन् । उहाँको भोलि अन्त्येष्टि गरिने गाउँपालिकाले जनाएको छ ।

गच्छदार २०७९ सालको पालिका चुनावमा नेपाली कांग्रेसबाट विजयी हुनुभएको थियो । उहाँ बिरामी भएदेखि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया