कुकुरलाई क्रूरतापूर्वक मारेको आरोपमा तीन जना पक्राउ

 असार ३, २०८१ सोमबार १८:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इलामको देउमाई नगरपालिका वडा नम्बर ४ सरदार गाउँमा कुकुरलाई क्रूरतापूर्वक मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने खुलाएको छैन ।

उनीहरूले कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक मारेर खाल्डोमा पुरेको भिडियो ‘भूतप्रेत’ नामबाट विभिन्न सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरी अनुसन्धान थालेको थियो । प्रहरी चौकी जीतपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो घटना सामाजिक सञ्जालमा देखेपछि पशुपक्षी कल्याण सङ्घले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको थियो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया