२० वर्षदेखि फरार अभियुक्त सन्तबहादुर वाइबा पक्राउ

 असार ४, २०८१ मंगलबार १२:४०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर २० वर्षदेखि फरार मकवानपुरको इन्दरसरोवर गाउँपालिका–१ नयाँगाउँका ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ महानगरपालिका–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गएको २०६१ जेठ ३ गते नगद ५० हजार रुपैयाँ लुटपाट गरी कुटपिट गर्दै भीरबाट लडाएर हत्या गरेको कसुरमा वाइबालाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

मकवानपुर जिल्ला अदालतले २०७० फागुन ७ गते दिएको आदेश लगत्तै वाइबा फरार भएका थिए ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया