‘भ्रष्टाचारविराेधी अभियन्ता हाैँ’ भन्दै धम्काएर रकम असुल्ने ४ जना काठमाण्डौबाट पक्राउ

 असार ४, २०८१ मंगलबार १५:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए ।

सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए ।

यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया