अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो, महामारीबाट बच्न विश्व समुदाय तयार नभएको प्रतिवेदन सार्वजनिक

 असार ५, २०८१ बुधबार ६:२८:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको  छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले  निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त लगानी र  प्रयास नगरेको प्रतिवदेनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनमा सहभागी न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले वर्ड फ्लुको भाइरस  कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले विश्व समुदायले प्रकोप फैलिनुअघि रोक्न पर्याप्त मात्रामा प्रयास नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गर्नुभएको थियो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया