दार्चुलाको भूमिराज विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या

 असार ५, २०८१ बुधबार ९:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – दार्चुलाको भूमिराज आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारी रहेको भूमिराज आधारभूत विद्यालयको छाना अस्ति सोमवार बेलुका हावाहुरीले उडाएको हो ।

हावाहुरीले जस्तापाताले छाएको विद्यालयको चार कोठे भवनको छाना उडाएको र पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताउनुभयो । हावाहुरीले अर्को तीन कोठे भवनमा पनि आंशिक क्षति पुर्‍याएको छ । विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा पनि क्षति पुगेको छ ।

२०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति पुर्‍याएको हो । दुई सय ५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई प्रभावित भएको छ ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया