गोरखाको वारपाक सुलिकोटमा ‘कृषि एम्बुलेन्स’ सञ्चालनका लागि सम्झौता

 असार ५, २०८१ बुधबार १२:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

 गोरखा – गोरखाको वारपाक सुलिकोट गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । पालिकाका सबै वडा समेट्ने गरी सुलिकोट बहुउदेश्यीय सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गर्न गएको जेठ २९ गते सम्झौता भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताउनुभयो ।

सम्झौताअनुसार कृषि एम्बुलेन्स खरिदका लागि पालिकाले ७० र सहकारीले ३० प्रतिशत लागत साझेदारी गर्नेछन् । कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने गाडी खरीदका लागि पालिकाले १९ लाख ७५ हजार रुपैयाँ र सुलिकोट बहुउदेश्यीय सहकारीले बाँकी ३० प्रतिशत रकम लगानी गर्नेछ ।

पालिकाभरीको कृषि, पशु तथा दुग्धजन्य उत्पादन सङ्कलन र बजारीकरणको काम कृषि एम्बुलेन्समार्फत हुनेछ । कृषि उत्पादन बढाउँदै बजारीकरणमा सघाउने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको वारपाक सुलिकोट गाऊँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया