संसद् सचिवालयका सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला

 असार ५, २०८१ बुधबार १२:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला परेका छन् । नेपाल प्रहरीका २२ वर्षीय प्रहरी जवान अजित गोले शौचालयमा मृत फेला परेका हुन् ।

दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले बिहान ड्युटीकै समयमा शौचालय गएर गोली हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया