दूधको भुक्तानी माग गर्दै किसानहरू आज पनि प्रदर्शनमा

 असार ६, २०८१ बिहीबार १२:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – दूधको बक्यौता भुक्तानीको माग गर्दै किसानहरूले आज पनि प्रदर्शन गरेका छन् । उनीहरू लैनचौरमा रहेको दुग्ध विकास संस्थानको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

किसानहरूले हिजो पनि संस्थानको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । हिजो बेलुकी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

सरकारले सहमति गरे पनि सत महिनादेखि दूधको भुक्तानी नपाएको किसानको गुनासो छ । यसअघि दुई पटकसम्म आन्दोलन गरेर सहमति गरे पनि कार्यान्वयन नभएकोले फेरि आन्दोलन गर्नुपरेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।

दुग्ध किसानहरूको झन्डै साढे चार अर्ब बक्यौतामध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको झन्डै एक अर्ब २५ करोड रुपैयाँ छ । बाँकी निजी दुग्ध कम्पनी तथा डेरीहरूको हिस्सा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

गएको वर्षको साउनदेखि दुग्ध किसानहरूको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झन्डै साढे दुई अर्ब रूपैयाँले घटेको हो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया