दुग्ध किसानको आन्दोलन स्थगित

 असार ७, २०८१ शुक्रबार ८:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमति भएको छ ।

दुग्ध किसानसमेत रहने गरी समिति गठन हुने निर्णय भएको र तत्कालका लागि आन्दोलन फिर्ता लिइएको केन्द्रीय दुग्ध सहकारी सङ्घले जनाएको छ । समयमा समस्या समाधान नभए फेरि आन्दोलनलाई निरन्तरता दिने किसानले बताएका छन् । ६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगबाट गरी ५ अर्बभन्दा बढी रकम उठाउन बाँकी रहेको दुग्ध सहकारी सङ्घले जनाएको छ ।

गएको वर्षको साउनदेखि दुग्ध किसानहरूको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झण्डै दुई अर्ब रूपैयाँले घटेको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया