काठमाण्डौमा आजदेखि आँप महोत्सव

 असार ७, २०८१ शुक्रबार ८:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौमा आजदेखि आँप महोत्सव शुरु हुँदैछ। किसान भेञ्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा आँप महोत्सव हुन लागेको हो । पर्सि आइतवारसम्म चल्ने महोत्सवको उद्घाटन आज बिहान ११ बजे पानीपोखरीको वालनट बिस्ट्रोमा हुनेछ ।

त्यसपछि काठमाण्डौ अर्गानिक्सको कार्यालय बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने आयोजकले जनाएको छ । तीनवटै ठाउँमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आँपको प्रदर्शनी र बिक्री हुने छ ।

नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्सहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्बई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ प्रकारका आँपहरू उपलब्ध हुने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया