यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि

 असार ७, २०८१ शुक्रबार १८:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आउँदो चैत ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

कार्यालयले परीक्षाको समय तालिका भने माघ १ गते प्रकाशन गर्ने भएको छ । फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अङ्क शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ । यस्तै एसईईको नतिजा २०८२ सालको असार ६ गतेभित्र प्रकाशन गरिने र पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ ।

यस वर्षको एसईईको वार्षिक कार्यतालिका सार्वजनिक भए पनि कार्यालयले गएको वर्षको एसईईको नतिजा भने अझै पनि प्रकाशन गरेको छैन ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया