रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको टी–२० लिग खेल्ने

 असार ८, २०८१ शनिबार ९:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् ।

यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् ।

ग्लोबल टी–२० लिग आउँदो जुलाई २० देखि शुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ । सबै खेल ब्राम्पटनको सीएए सेन्टरमा हुनेछ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया