अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – ललितपुरमा प्रथम सहकारी रोजगार मेला हिजोदेखि शुरु भएको छ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ राष्ट्रिय सहकारी महासङ्घ नेपालले मेलाको आयोजना गरेको हो ।
भोलिसम्म चल्ने सहकारी रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवालाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ । युवाहरू अवसर र रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दै गएको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
मेलाको हिजो उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरूको भावनाअनुसार सहकारी क्षेत्रले काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० वटाभन्दा धेरै स्टल छन् ।
तथ्याङ्कअनुसार नेपालमा ३१ हजार वटाभन्दा धेरै सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् ।
तस्बिर : रेशम भण्डारीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।