धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–आठ’ मा आज इङ्गल्यान्ड र अमेरिका खेल्दैछन् । समूह ‘२’ को यो खेल राति सवा ८ बजे बारबडोसको केन्सिङ्टाउनमा ओभलमा शुरु हुनेछ ।
यी दुवै टोलीले एकअर्कासँग पहिलो पटक खेल्न लागेका हुन् । पूर्वविजेता इङ्गल्यान्डले २ पटक टी–२० विश्वकपको उपाधि जितेको छ भने अमेरिकाले पहिलो पटक विश्वकप खेलिरहेको हो ।
इङ्गल्यान्डले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न आजको खेलमा जित मात्रैले पुग्दैन, नेट रनरेट पनि सुधार गर्नुपर्ने हुन्छ । इङ्गल्यान्ड २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।
यो समूहमा लगातार २ खेल जितेको दक्षिण अफ्रिका ४ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै वेस्ट इन्डिज २ खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ । अमेरिकाले यसअघिका २ वटै खेल हारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।