कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव

 असार १०, २०८१ सोमबार ६:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालमा मनसुन भित्रिएको दुई हप्तापछि कर्णाली र सुदूरपश्चिममा पनि प्रभाव पर्न थालेको छ । गएरातिदेखि कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव देखिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

ठूलो पानी पर्ने ठाउँमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

गएराति र बिहान पनि देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया