दाङमा छुट्टाछुट्टै घटनामा दुई जना बालकको ज्यान गयो

 असार ११, २०८१ मंगलबार ९:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जना बालकको ज्यान गएको छ । एक जनाको चट्याङ्गले लागेर र अर्का एक जनाको डुबेर ज्यान गएको हो ।

घरको आँगनमा बसेर मोबाइल चलाई रहेको समयमा चट्याङले लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे का १० वर्षका सुवास विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

यस्तै तुलसीपुरमा पानीमा डुबेर ८ महिने शिशुको ज्यान गएको छ । आफ्नै घरको आँगनमा खेल्ने क्रममा ठूलो प्लास्टिकको बाटामा राखिएको पानीमा डुबेर तलसीपुर–४ गतेरामा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया