कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक
बैशाख १०, २०८२ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भेटघाट भएको छ ।
विश्वविजेता कार्लाेस नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको खेल हेर्न काठमाण्डौ आएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले कार्लाेसलाई ‘माउन्टेन फ्लाइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गर्नुभयो ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुशी लागेको बताउनुभयो ।
एनएसएलको दोस्रो क्वालिफायरमा आज बेलुकी ६ बजे दशरथ रङ्गशालामा पोखरा थन्डर्स एफसी र धनगढी एफसी खेल्दैछन् । यो खेलको विजेताले उपाधिका लागि शनिवार ललितपुर सिटी एफसीसँग खेल्नेछ । कार्लाेसले याे खेल हेर्नेछन् ।
तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।