मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनामा दोस्रो चरणको काम धमाधम

 असार ११, २०८१ मंगलबार १२:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल आयल निगमले आउँदो भदौ मसान्तभित्रै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थ पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाटै ल्याउने निगमको तयारी छ ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाट ल्याइने बताउनुभयो । परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुई वटै ट्याङ्क निर्माणको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको छ । पेट्रोल पाइप लाइनबाट ल्याउँदा ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने उहाँको भनाइ छ । निगमले अहिले पेट्रोल तथा मट्टीतेल भारतको बरौनीबाट ट्याङ्करबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिने गरेको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया