वन्यजन्तुले बाली सखाप पार्न थालेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

 असार ११, २०८१ मंगलबार १२:११:३ | रासस
unn.prixa.net

फाइल फाेटाे

उदयपुर – कटारी नगरपालिका–८ का किसान बाँदर, दुम्सी, सुगालगायतका वन्यजन्तुबाट खेतीबाली जोगाउन समस्या भएपछि वैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले क्षति गर्न थालेपछि धेरैजसो किसानले केराखेती गर्न थालेका हुन् ।

केराखेतीबाट राम्रै आम्दानी हुन थालेपछि आफूहरू व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राईले बताउनुभयो । उहाँको बगैँचामा चार सय जति केराका बोट छन् । भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्य बजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ बनेको छ ।

व्यापारी घरमै केरा लिन आउने हुँदा किसान आफैँले बजार लैजानुपर्ने झन्झट पनि हटेको कटारी–८ ढापटारका रत्नबहादुर विश्वकर्माले बताउनुभयो । पाखो झाडी सफा गरेर केराखेती शुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा प्राथमिकता दिन थालेको कटारी–८ वडाध्यक्ष नवीन्द्र तामाङले बताउनुभयो ।

वडाध्यक्ष तामाङका अनुसार हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० भन्दा धेरै किसानले केराखेती गर्दै आइरहेका छन् । परम्परागत अन्नखेती भन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया