मोरङमा बूढी खोलाले बगाउँदा एक जनाको ज्यान गयो, दुई जना बेपत्ता, एक जनाको उद्धार

 असार ११, २०८१ मंगलबार १४:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मोरङमा बूढी खोलाले बगाएर एक जनाको ज्यान गएको छ । यस्तै दुई जना बेपत्ता भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ गौशला नजिकै बूढी खोलामा माछा मार्ने क्रममा अघि दिउँसो चार जनालाई बाढीले बगाएको थियो । बाढीले बगाएकामध्ये सुन्दरहरैँचा–४ की प्रेमकला चौधरीको शव भेटिएको मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै ६० वर्षकी असरादेवी चौधरी र ३० वर्षकी फूला चौधरी बेपत्ता भएका र उनीहरूको खोजी भइरहेको एसपी कार्कीले बताउनुभएको छ । बाढी बगाएकी ३० वर्षकी स्वस्तिका चौधरीको भने उद्धार भएको छ ।

झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा गए रातिदेखि ठूलो पानी परिरहेको छ । चतरामा १२ घण्टामा १ सय ६५ मिलिमिटर पानी परेको छ । बाढी सूचना केन्द्रले मोरङको बूढी खोलाको बाढीले सतर्कता तह पार गरेको भन्दै चेतावनी पनि जारी गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया