सुदूरपश्चिम सरकारले सार्वजनिक नगर्दै बजारमा 'रातो किताब' भेटिएको भन्दै कांग्रेसको विरोध

 असार १२, २०८१ बुधबार ९:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट पुस्तिका 'रातो किताब' आधिकारिक रुपमा सार्वजनिक नगर्दै बजारमा भेटिएको भन्दै विरोध जनाएको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले आउँदो आर्थिक वर्षको बजेट पुस्तिका ‘रेडबुक’ आधिकारिक रूपमा सार्वजनिक नहुँदै बाहिरिएको घटनामा सरकारको धारणा माग गर्नुभएको छ । शाहले सरकारको लापर्वाही र गैरजिम्मेवारीका कारण रेडबुक सार्वजनिक गरिएको आरोप लगाउँदै छानबिन समितिको माग गर्नुभयो । तर सत्तापक्षले त्यसको खण्डन गरेको छ ।

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले सरकारले आधिकारिक रूपमा रातो किताब सार्वजनिक नगरेको जानकारी दिनुभयो । उहाँले रेडबुक बाहिरिएको भएमा थप आवश्यक छलफल गर्ने बताउनुभयो । गएको असार एक गते प्रदेशसभामा पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रमको पुस्तिका (रातो किताब) प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको छैन । त्यस्तै प्रदेशसभामा आउँदो वर्षको बजेटमाथिको छलफल पनि शुरु हुन सकेको छैन । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया