पोखरामा सडक भासियो, विराटनगरका विभिन्न वडाका बस्ती डुबानमा

 असार १२, २०८१ बुधबार १०:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ– पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ मा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लगातारजसो पानी परेका कारण आज बिहान साढे ६ बजेतिर सडक भासिएको हो ।

सडक भासिएपछि पृथ्वी राजमार्ग भएर गुड्ने गाडी र यात्रु प्रभावित भएका छन् । सडकको केही भाग भत्केको अवस्था छ । मर्मतपछि अहिले एकतर्फी खुलेको र दुईतर्फी नै खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

यस्तै वर्षाकै कारण मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । विशाल चोक, सम्झना चोक, पृथ्वी चोकलगायत धेरै ठाउँ जलमग्न भएका छन् । घरघरमा पानी पसेपछि स्थानीयबासिन्दा समस्यामा परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर–४ को राजवंशी चोक आसपास परेको पानी बस्तीमा पसेको छ । प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया