आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

 असार १२, २०८१ बुधबार १२:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ ।

विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । विश्व लागूऔषध प्रतिवेदनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपालमा 'लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं' भन्ने नाराका साथ आज प्रभातफेरीसहित र्‍याली निकालिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा भृकुटीमण्डपको मूल गेटबाट शुरु भएको प्रभातफेरी र्‍याली रत्नपार्क हुँदै नेपाली सेनाको जङ्गी अड्डामा गएर समापन भएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया