ट्रक पार्किङस्थल बनाउन कोशी प्रदेश सरकारले २ करोड रुपैयाँ छुट्यायो

 असार १२, २०८१ बुधबार १५:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङस्थल बनाउनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा ट्रक पार्किङस्थल संरचना निर्माण लभा साझेदारीका लागि दुई करोड रुपैयाँ छुट्याएको हो ।

विराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । त्यही आग्रहबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन भएको हो ।

लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिएबापत प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति विराटनगरका पूर्वअध्यक्ष मेघराज सिग्देलले जानकारी दिनुभयो । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई र ६० रुपैयाँ पार्किङस्थलको व्यवस्थापनमा बाँडिने उहाँले बताउनुभयो ।

ट्रक पार्किङस्थल बूढीगङ्गा गाउँपालिकामा बन्ने भएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया