पाकिस्तानले यो वर्ष ३ अर्ब डलरको 'आईटी' सेवा निर्यात गर्ने

 असार १२, २०८१ बुधबार १८:२७:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानले यो वर्ष ३ अर्ब अमेरिकी डलरभन्दा धेरैको सूचना प्रविधि अर्थात् 'आईटी' सेवा निर्यात गर्ने भएको छ । सूचना प्रविधि राज्यमन्त्री शजा फातिमा ख्वाजाले यो वर्ष ३ अर्ब डलरभन्दा धेरै मूल्यको सूचना प्रविधि सेवा निर्यात हुने पक्का भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ख्वाजाले देशले बनाएको कुशल नीतिले गर्दा आउँदो पाँच वर्षमा सूचना प्रविधिको निर्यात २५ अर्ब डलर पुग्ने अपेक्षा गरिएको पनि दाबी गर्नुभएको छ । पाकिस्तान सरकारले 'आईटी' क्षेत्रलाई आर्थिक उत्थान रणनीतिमा एक प्रमुख क्षेत्रको रूपमा प्राथमिकता दिएको छ । यसका लागि युवाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस्तै सूचना प्रविधिका उद्योगको क्षमता बढाउन चिनियाँ र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि खबरमा उल्लेख छ । पहिलो चरणमा आउँदो पाँच वर्षमा १५ लाख जना युवालाई तालिम दिने योजना रहेको पाकिस्तान सरकारले छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया