मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगानलाई

 असार १२, २०८१ बुधबार १८:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फाउन्डेशनकाे फेसबुक पेज

काठमाण्डाै – मदन भण्डारी फाउन्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ ।

फाउन्डेशनले पत्रकार सम्मेलन गरेर केन्द्रलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । केन्द्रले स्थानीय कच्चा पदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले एक लाख रुपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको फाउन्डेशनले जनाएको छ ।

कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक–जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी चार करोड रुपैयाँभन्दा बढी कारोबार गरेको फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पुरस्कारका लागि सिफारिश गर्न डा. रामशरण प्याकुरेलकाे संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो । पर्सि १४ गते मदन भण्डारीको जन्मजयन्तीका दिन पुरस्कार प्रदान गरिनेछ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया