हिजो डुबानमा परेको विराटनगर र सप्तरीमा पानीको सतह घट्दै

 असार १३, २०८१ बिहीबार ९:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – हिजो दिनभरजसो जलमग्न भएको विराटनगरको अवस्था आजदेखि सामान्य हुन थालेको छ । पानी पर्न रोकिएपछि अवस्था सामान्य हुँदै गएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

विराटनगरमा अस्ति राति र हिजो बिहान गरी ३४१ मिलिमिटर वर्षा भएको थियो । लगातारको वर्षाको कारण विराटनगरका वडा नम्बर ४, ५, ६, ८, १२, १५, १६, १७, १८ जगमग्न भएको थियो । डुबानबाट विस्थापित भएकालाई विद्यालय र सार्वजनिक भवनमा राखिएको महानगरपालिकाले जनाएको छ ।

विराटनगर विमानस्थल जगमग्न हुँदा हिजोका सातवटा उडानसमेत अवरुद्ध भएका थिए । आज भने बिहानैदेखि उडान र अवतरण शुरु भएको विमानस्थलले जनाएको छ ।

यस्तै अस्ति र हिजोको वर्षा र बाढीले सप्तरीमा दुई सयभन्दा धेरै घर डुबानमा परेका छन् । शम्भुनाथ, कञ्चनरूप, राजविराज र हनुमाननगर कंकालिनी नगरपालिका तथा रूपनी, तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाका बस्ती डुबानमा परेका हुन् । आज वर्षा कम भएपछि अवस्था सामान्य हुन थालेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया