मनसुन शुरु भएपछि विपद्का घटनामा २८ जनाको ज्यान गयो, ३३ वटा जिल्ला प्रभावित

 असार १३, २०८१ बिहीबार १५:३:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको ज्यान गएको छ । गएकाे जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको ज्यान गएको हो ।

जेठ २८ गतेपछि एक सय ४७ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर १२ जना घाइते भएका छन् । पहिरोकै कारण २५ वटा घरमा पूर्ण क्षति भएको छ भने १० वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै बाढीमा परेर एक जना घाइते भएका छन् । दुई हप्तामा चट्याङका ६८ वटा घटना भएको तथ्याङ्क छ जसमा १३ जनाको ज्यान गएकाे छ । चट्याङबाट २४ जना घाइते भएका छन् । यी घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

विपद्का घटनाबाट ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायतका जिल्ला बढी प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार पछिल्लो तीन दिनमा मात्रै विपद्जन्य घटनामा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये चट्याङबाट नौ जनाको र बाढी पहिरोमा परेर नौ जनाको मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया