सरकारले यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने

 असार १३, २०८१ बिहीबार १५:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिलेसम्म देशको रोपाइँ हुने क्षेत्रको झन्डै १० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । असार १२ गतेसम्ममा कुल क्षेत्रफलको ९ दशमलव ८ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

यो वर्ष १३ लाख ९८ हजार आठ सय ३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान रहेकोमा अहिलेसम्म १ लाख ३६ हजार ४ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । अघिल्लो वर्षको असार १० गतेसम्ममा ८ दशमलव ७५ प्रतिशत रोपाइँ भएको थियो । तथ्याङ्कअनुसार यस वर्ष पनि रोपाइँको दर नबढेको हो ।

यसैबीच सरकारले यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने भएको छ । यसअघि ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष चितवनको बछौलीमा विशेष कार्यक्रम गरी धान दिवस मनाउन लागेको कृषि मन्त्रालयका सह–सचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । धान बालीको ठूलो 'ब्लक' रहेको र मेशिनरी प्रयोग धेरै भएकोले चितवनमा मनाइने निर्णय गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । यस्तै नार्कले पनि आफ्नो परिसरमा धान दिवस मनाउँदैछ । यसैगरी राष्ट्रिय किसान आयोगले पनि काभ्रेमा कार्यक्रम गरी धान दिवस मनाउने भएको छ । धान खेती हुने जिल्लास्तरमै पनि विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।

सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव असार १५ गते अर्थात् पर्सि शनिवार मनाउँदैछ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया