सरकारलाई गाेकुल बाँस्काेटाकाे प्रश्न– ‘दुग्ध किसानले भुक्तानी पाउन गाईभैँसी सडकमा छाेड्नुपर्ने हाे ?’

 असार १३, २०८१ बिहीबार १८:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भीख नभई पसिनाको मूल्य माग गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाकाे आजकाे बैठकमा बोल्दै सांसद बाँस्कोटाले दुग्ध किसानहरूको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दुग्ध किसानहरूले न्याय पाउनका लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्र्याक्टर, गाईभैँसी सडकमा छोड्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

‘किसानले नङ्ग्रा खियाएकाे,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौँदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौँ ? किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीको कुरा के हो ? किसानहरू कसरी बस्ने ? मल, बीउ, लुगा किन्न र बच्चाको फी तिर्न रकम छैन । बुबा आमा बिरामी छन्, सिटामोल किन्न पैसा छैन । सरकार यस्तो खालको रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन ? सरकारसँग दूधको भुक्तानी पाउन फ्रान्समा जस्तो ट्र्याक्टर, गाईभैँसी सडकमा ल्याएर छोड्नुपर्ने हो ? के गर्‍याे भने किसानले न्याय पाउँछन् । किसानहरूले सरकारसँग भीख मागेका होइनन्, पसिनाको मूल्य मागेका हुन् ।’

किसानले दुग्ध विकास संस्थान (डीडीसी) र निजी कम्पनी तथा डेरीहरूबाट गरी झन्डै साढे चार अर्ब रुपैयाँ बक्यौता रहेको बताएका छन् । गएको वर्षको साउनदेखि नै भुक्तानीमा समस्या देखिएकोमा अझै बक्याैता भुक्तानी भइसकेको छैन ।

किसानले पटक पटक आन्दोलन गर्दा सहमति गर्ने गरेको सरकारले समयमा भुक्तानी भने गराएको छैन । दूध बेचेको पैसा नपाउँदा बैंकको किस्ता तिर्न समस्या पर्नुको साथै गाई भैँसीलाई घाँस तथा दाना जुटाउनै समस्या भइरहेको किसानहरूले गुनासो गर्दै आएका छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया