एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने

 असार १४, २०८१ शुक्रबार ८:५९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी महाधिवेशनबाट दुई सय ९९ पुर्‍याउने निर्णय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने तथा पदाधिकारीको सङ्ख्या २१ बनाउने निर्णय गरेको छ । एक महिला तथा वरिष्ठसहित सात उपाध्यक्ष र सचिवको सङ्ख्या पनि सात कायम गरिएको छ ।

पर्सि १६ देखि २० सम्म काठमाण्डौमा हुने महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, वैचारिक दृष्टिकोण पारित गर्ने र त्यसका आधारमा नयाँ नेतृत्व चयन गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनका लागि पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरेको छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया