पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्याे

 असार १४, २०८१ शुक्रबार १२:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोका कारण गए रातिदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक केहीबेर अघिदेखि खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

यस्तै पहिरोले मध्यपहाडी राजमार्गको रुकुम खण्ड अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाण्डौ तथा रुकुम पूर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया