आज मदन भण्डारीकाे ७३ औँ जन्मजयन्ती

 असार १४, २०८१ शुक्रबार १२:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रतिपादन गर्नुभएको थियो । जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया