मधेशका ८ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु

 असार १४, २०८१ शुक्रबार १५:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर मधेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानकाे शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गर्नुभएको हो ।

मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो । यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया