काठमाण्डाै महानगरपालिकाको नगर सभा बैठक स्थगित, दलका प्रतिनिधि र मेयर शाहबीच विवाद

 असार १४, २०८१ शुक्रबार १५:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधि र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगर सभा बैठक बोलाउनुभएको थियो । गएको सोमवारको नगर सभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई शाहले स्वीकार गर्नुभएको थिएन । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

मेयरले शाहले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाउनुभएको छ । उहाँले दलका प्रतिनिधिले सम्बन्धित दलका नेताहरूको नामबाट करोडौँको कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको र आफूले स्वतन्त्र शहीदहरूको नामबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदा बैठक स्थगित भएको दाबी गर्नुभएको छ ।

दलका प्रतिनिधिले भने बिहान ८ बजे बोलाइएको बैठकमा मेयर शाह साढे १० बजेसम्म नआएपछि आफूहरू फर्किएको दाबी गरेका छन् ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया