सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित ३ जनाविरुद्ध मुद्दा दायर

 असार १४, २०८१ शुक्रबार १८:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाण्डाैले आज अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमल्सिनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सिधा कुराले 'डार्क फाइल' भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । अडिओ तिमल्सिनाले उपलब्ध गराएको भनिएको थियो । तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेश भएको छ ।

सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'डार्क फाइल' को अडिओ प्रकरणमा छानबिन गरेको थियो । तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको सीआईबीले जनाएको छ ।

यसअघि सीआईबीले अडिओमाथि अनुसन्धान गरी अडिओ नक्कली रहेको पत्ता लगाएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया