काठमाण्डौ महानगरले जग्गाको मूल्य तोक्यो

 असार १५, २०८१ शनिबार ९:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्य तोकेको छ । आउँदो आर्थिक वर्षको बजेटमा एक सय ७८ वटा ठाउँका जग्गाको सरकारी मूल्याङ्कन कायम गरिएको छ ।

महानगरले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको मूल्य आनाको न्यूनतम चार लाख रुपैयाँदेखि ५० लाखसम्म तोकेको छ । जसअनुसार सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य आनाको ५० लाख तोकिएको छ भने सडकले नछोएको चक्रपथभन्दा बाहिरका जग्गाको मूल्य प्रतिआना न्युनतम चार लाखसम्म तोकिएको छ ।

मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ तीनकुने, गैह्रीगाउँ, सिनामंगल, तिलगङ्गा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै पूतलीसडक, बागबजार हुँदै रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गा, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको छ । तर महानगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा निकै बढीमा जग्गाको कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया