काठमाण्डौको चक्रपथ विस्तारका लागि दबाब यात्रा

 असार १५, २०८१ शनिबार १२:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – चक्रपथ अर्थात् (रिङरोड) विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा आज बिहान कलंकी क्षेत्रबाट दबाब यात्रा निकालिएको हो ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै विरोध स्वरूप पैदलै यात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि छ वर्ष अघि रुख काटेर नयाँ लेन बनाउने भने पनि काम अलपत्र छ ।  

दुई वर्षभित्र सक्ने गरी कलङ्की–बसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबीच भएको थियो । नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ तारिखमा सम्झौता गरी काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया