कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

 असार १५, २०८१ शनिबार १२:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – गएराति देखि परेको बर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार र कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ मा रहेको डहरे खोलामा पानीको बहावका कारण रातिदेखि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरि कालिगण्डकी करिडोर सडकअन्तर्गत रुद्रबेणी–पुर्तिघाट सडक खण्डका विभिन्न ठाउँमा चट्टान र पहिरोका कारण शुक्रवार रातिदेखि सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण तम्घास–ईन्द्रेगौडा, मुजुवा–सान्तिपुर, तम्घास–अर्खाबाङ् र रुद्रबेणी–ठूलोलुम्पेक लगायत दुई दर्जनभन्दा बढी मुख्य एवम् ग्रामिण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवति  गाउँपालिकाको डहरे खोलामा पानी परिरहेका कारण पहिरो हटाउन समस्या भएको सत्यवति गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला टटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सतर्क रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया