सात बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सिन्धुलीगढी सम्पदा संरक्षण संवाद सम्पन्न

 असार १५, २०८१ शनिबार १५:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सात बुँदे प्रतिबद्धता पत्र २०८१ जारी गर्दै सिन्धुलीगढी सम्पदा संरक्षण संवाद सम्पन्न भएको छ । समृद्ध सिन्धुली अभियान र होटल सङ्घ नेपाल सिन्धुलीद्वारा हिजो सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा गढीको इतिहास सम्पदाको अवस्था र पर्यटन विकासका सन्दर्भमा बृहत् छलफल भएको थियो ।

सिन्धुलीगढीको सम्पदा संरक्षण संवादमार्फत नागरिकको आवाज संसद्, सरकार र संरक्षण निकायसम्म लैजान प्रयास भएको सहभागी सौरव ढकालले बताउनुभएको छ ।

भेलाले सिन्धुलीगढीमा जथाभाबी निर्माण भएका संरचना हटाउन र नागरिक तहको छलफलमार्फत संरक्षण गुरुयोजना तयार पार्नुपर्ने र पौवागढीबाट सिन्धुलीगढी हुँदै चपौलीतिर जाने बाटो आउजाउका लागि खुला गर्नुपर्ने घोषणापत्र जारी गरेको छ ।

यस्तै ऐतिहासिक गढी किल्ला, सम्पदाको संरक्षणका लागि नेपाल सरकारले तयार पारेको नीति निर्देशन अनुशरण गर्न, रानीमहल दरबारलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गरी संरक्षण गर्न, गढीको सम्पदा संरक्षणमा स्थानीयको सहभागितालाई सुनिश्चितता गर्न, कप्तान किनलक मार्गका रूपमा प्रस्ताव गरिएको नाम हटाएर स्थानीयवासीको छलफलबाट पदमार्गको नामाकरण गर्न र असोजको १५ गते सिन्धुलीगढी विजय दिवस मनाउन भेलाको माग रहेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया