काठमाण्डौ महानगरले कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुलायाे

 असार १५, २०८१ शनिबार १५:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।

काठमाण्डाै महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षामा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएकाहरूले आवेदन दिन पाउनेछन् । विद्यार्थीहरूले आजदेखि यही असारको २९ गते राति १२ बजेसम्म महानगरपालिकाको वेबसाइट वा https://entrance.kathmandu.gov.np/ मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सक्ने महानगरको सूचनामा उल्लेख छ ।

प्रवेश परीक्षा आउँदो साउनको ४ गते हुनेछ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन सबै विषयको पूर्णाङ्क एक सय र परीक्षा समयावधि दुई घण्टाको हुनेछ । उम्मेदवारले एउटाभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेश गर्न नपाउने सूचनामा उल्लेख छ ।

आवेदन दिन सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईईमा न्यूनतम एक दशमलव छ जीपीए ल्याएको हुनुपर्नेछ । तर काठमाण्डाै महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी बासिन्दा र पाँच प्रतिशत सिटको हकमा संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरू पनि छात्रवृत्तीमा समावेश हुन पाउने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया