जुम्लाको गुठिचौर–४ बालविवाहमुक्त वडा घोषणा

 असार १५, २०८१ शनिबार १८:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ४ बालविवाहमुक्त वडा घोषणा भएको छ । स्थानीय, सरोकारवाला, निकाय, महिला र बालबालिकाको उपस्थितिमा एक भव्य कार्यक्रम गरेर वडालाई पालिकाले बालविवाहमुक्त घोषणा गरेको हो ।

वडामा २० वर्ष उमेर नपुगी कसैले विवाह गरेमा सरकारी सेवा रोकिदिनेदेखि कडा कारबाहीको सिफारिश गर्ने वडाले जनाएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्न कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल लगायतले सहयोग गरेका छन् ।

जुम्लामा यसअघि हिमा गाउँपालिका वडा नम्बर १, तिला गाउँपालिका वडा नम्बर ६ र पातारासी गाउँपालिका वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया