दैलेखका उज्यालो सहकर्मी अमर सुनार पुरस्कृत

 असार १५, २०८१ शनिबार १८:४१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आर्थिक तथा सामुदायिक विकासमा कलम चलाएको भन्दै दैलेखका उज्यालो सहकर्मी अमर सुनार पुरस्कृत हुनुभएको छ ।

रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको अवसरमा पत्रकारिताका सात वटा विविध क्षेत्रमा दिँदै आएको पुरस्कारअन्तर्गत सुनारले ५१ हजार रुपैयाँ राशिको पुरस्कार पाउनुभएको हो ।

तीन दशकदेखि पत्रकारिता गर्दै आएका सुनारलाई उत्पीडितहरूलाई नागरिकतामा सम्मानित नाम दिलाउन सरकारको नीति निर्माणमा प्रभाव पार्न सकेको भन्दै याे पुरस्कार दिइएको हो । सुनार दैलेखमै रहनुभएकाले उहाँकी छाेरी दुर्गाले काठमाण्डाैमा पुरस्कार ग्रहण गर्नुभएकाे छ ।

यस्तै स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, खानेपानी तथा सरसफाइ सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टङ्क पन्त पनि पुरस्कृत हुनुभएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया