देशभर राेपाइँ महाेत्सवकाे राैनक (तस्बिरहरू)

 असार १५, २०८१ शनिबार १८:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा पर्यटन परिषद्ले आज पोखरा महानगरपालिका-२३ मार्गीमा आयोजना गरेको असारे रोपाइँ महोत्सवमा हिलो खेल्दै विदेशी पर्यटक । तस्बिर : धनबहादुर गुरुङ/रासस

काठमाण्डाै – आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएकाे छ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरेको छ । उहाँले मेशिन चलाएर धान पनि रोप्नुभएको छ ।

यस्तै राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गर्नुभएको छ । राष्ट्रपति कार्यालयले शीतल निवासमा रोपाइँ कार्यक्रम गरेको हो ।

रोपाइँ दिवसमा आज सरकारी र गैरसरकारी संस्थाले देशका विभिन्न ठाउँमा रोपाइँ कार्यक्रम गरेका छन् । यस्तै देशभर राेपाइँ महाेत्सवकाे राैनक देखिएकाे छ । यसैगरी पाेखरामा विदेशी पर्यटक पनि महाेत्सवमा सहभागी भएका छन् ।

तस्बिर : रासस र उज्यालाे सहकर्मी

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया